International News

इन्डियन प्रिमियर लिग, बैङलोर फेरी हारयो, प्लेअफमा पुग्ने मौका निकै कठिन

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा गुजरात लायन्सले रोयल च्यालेन्जर्स बैङलोरलाइ सात विकेटले पराजित गरेको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको बैङलोरले निर्धारित २० ओभरमा अल आउट हुदै एक सय ३४ रन बनाएको थियो । उसका लागि पवन नेगीले ३२ र केदार जादभले ३१ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान बिराट कोहली शद रनमा पवेलियन फर्किदा एबी डि भिल्लियर्स पांच रनमा रन आउट भए ।

गुजरातका लागि एन्ड्रयु टाय सवैभन्दा किफयती बलर सावित भए । उनले चार ओभरमा १२ रन खर्चदै तीन विकेट लिए । रविन्द्र जडेजाको नाममा दुइ विकेट रह्यो । जवाफमा एक सय ३५ रनको लक्ष्य गुजरातले १३ ओभर पांच बलमा तीन विकेट गुमाउदै पुरा ग¥यो । गुजरातको जीत्मा आरोन फिन्चले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ७२ रन जोडे । सरेश रैना ३४ रनमा अविजीत रहे । जीत पछि गुजरात अंक तालिकाको छैटौ स्थानमा उक्लिदा बैङलोर भने सातौ स्थानमा झरेको छ । नौ मध्ये ६ खेलमा हार बेहोरेको बैङलोर प्ले अफ याधा पनि कठिन बनेको छ ।

Most Popular

To Top