इन्डियन प्रिमियर लिग, बैङलोरको चौथो हार, पुणेले बैङलोरलाई २७ रनले हरायो

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा राइजिङ पुणे सुपरजाइन्ट विजयी भएको छ । जारी प्रतियोगितामा दोस्रो जित निकालेको पुणेले रोयल च्यालेञ्जर्स बैङलोरलाई २७ रनले हरायो ।

चिन्नस्वामी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ६१ रन बनायो । उसका लागि राहुल त्रिपाठीले ३१ तथा अजिन्क्या राहाणेले ३० रन बनाए । यस्तै महेन्द्रसिंह धोनीले २८ तथा कप्तान स्टिभ स्मिथले २७ रनको योगदान गरे । साथै मनोज तिवारीले पनि २७ रन टिमको खातामा थपे ।

जवाफमा बैङलोर २० ओभरमा नौ विकेट गुमाउदा एक सय ३४ रनमा समेटियो । स्टार खेलाडीको बाहुल्यता रहेको बैङलोरका लागि एबी डिभिलियर्सले २९ तथा बिराट कोहलीले २८ रन बनाए । यस्तै कुलदिब जादव र स्टुवार्ट विनीले समान १८–१८ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । प्रतियोगितामा बैङलोरको चौथो हार हो ।

Comments:

comments

Latest News