न्युजिल्याण्ड को खेलाडी हुन, जसले सानो भुलमा करियर नै दाउमा पारे ??

प्रतिबन्धित औषधी प्रयोग गरेको भन्दै न्युजिल्याण्ड स्पोर्टस ट्रिबुनलले क्रिकेटर एडम किङलाई दुई बर्षको प्रतिबन्ध लगाएको छ ।

क्रिकेटमा राम्रो प्रदर्शन गर्नका लागि प्रतिबन्धित ओषधी प्रयोग गरेको थाहा पाएपछि एडमलाई दुई बर्षका लागि प्रतिबन्ध लगाएको हो । उनले एनाबोलीक स्ट्रोइडस र हार्मोनिज नामक ओषधी प्रयोग गरेका थिए । न्युजिल्याण्डको पारापाराउमु क्रिकेट क्लवबाट ब्यवसायीक खेल खेल्दै आएको एडमलाई ड्रग फ्रि स्पोटर्स न्युजिल्याण्डले आरोप लगाएपछि प्रतिबन्ध लगाइएको हो ।

२०११ देखि सो क्लवबाट खेल्दै आएको एडमले २०१३ देखि १६ सम्म न्युजिल्याण्डका होरोह्विनु कापिती क्लवबाट हक्वे कप खेलेका थिए । शारीरीक बनावट परिवर्तन गर्नकालागि उनले औषधी प्रयोग गरेको स्विकारेका छन । आफनो ज्याक ठुलो र कसिलो बनाउने औषधी लिएका एडमलाई २०१६ को एक मे देखि लागुहुने गरी कारवाही गरेको हो ।

Comments:

comments

About the author

News Staff

Latest News