पाकिस्तान विरुद्ध वेष्ट इन्डिज सात विकेटले विजयी

पाकिस्तान विरुद्धको तेस्रो ट्वान्टी ट्वान्टी खेलमा वेष्ट इन्डिज सात विकेटले विजयी भएको छ । जितसंगै वेष्ट इन्डिजले चार खेलको श्रृखलामा दुई एकको अग्रता बनाएको छ ।

वेष्ट इन्डिजको पोर्ट अफ स्पेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ३७ रन बनाएको थियो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कमरान अकमालले ४८ तथा बाबर अजामले ४३ र फकर जामनले २१ रन बनाए ।

जवाफमा वेष्ट इन्डिजले १४ ओभर पाच बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । जसमा एभिन लुइसले ९१ तथा मार्लोन स्यामुयलले १७ र जेसोन मोहम्मदले १७ रन बनाए ।

Comments:

comments

About the author

News Staff