पाकिस्तानले श्रृखला दुई एकले जित्यो

वेष्ट इन्डिज विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको छ । जितसंगै पाकिस्तानले तीन खेलको श्रृखला दुई एकले जितेको छ ।

गुयनामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय ३३ रन बनायो । उसका लागि सेइ होपले ७१ तथा जसोन मोहम्मदले ५९ रन बनाए । यस्तै किरन पावेलले २३ रनको योगदान गरे ।

जवाफमा पाकिस्तानले ४३ ओभर एक बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । पाकिस्तानको जितमा सोयब मल्लिकले अविजीत एक सय एक रनको पारी खेले । यस्तै मोहम्मद हफिजले ८१ रन बनाए । अन्तिम खेलमा सतक बनाएका सोयब म्यान अफ द म्याच र म्यान अफ द सिरीज बने ।

Comments:

comments

About the author

News Staff

Latest News