क्रिकेट अभियान्ता सुवास शाही बर्षको समाचार निर्माता

नेपालको चर्चित म्यागाजिन नेपालले यो साताको अंकमा बर्षका समाचार निर्माताको सुचिमा क्रिकेट अभियान्ताको परिचय बनाएका सुवास शाहीलाई पनि स्थान दियो । सोहि पत्रिकाको आधारमा आधारीत हुदा सुवास साहीले साच्चिकै ठुलो कोशेढुङगा तयार पारे ।

सुदुरपश्चिमका धनगढी जुन ठाउमा केहि गरौ भन्ने ब्यक्तिका लागि ठुलो चुनौती छ । पुर्वाधारका हिसावले मात्र होइन समुदायका ब्यक्तिको असहयोगको भावना अनि इश्र्या गर्ने प्रवित्रीका कारण निकै चुनौती थियो ।

एक समय थियो, ३५ हजार रुपिया कुल पुरस्कार राशिको एसपीए कप क्रिकेट प्रतियोगिता भयो धनगढीमा । त्यही, त्यसको सात वर्षमै अर्थात् चैत अन्तिम सातादेखि २८ लाख रुपियँ पुरस्कार भएको नेपालकै सर्वा्धिक ठूलो घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) भइरहेको छ । ६ वटा फ्रेन्चाइज टिमका बीच भइरहेको डीपीएलमा नेपालका सबै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय खेलाडी सहभागी छन् । अक्सनमार्फत डीपीएलको दुई साताको प्रतिस्पर्धाका लागि खेलाडीले ३० हजारदेखि डेढ लाख रुपियाँसम्म पारिश्रमिक पाएका छन् ।

डीपीएलको यो पहिलो संस्करणमै यसले यति वाहवाही कमाएको छ कि आगामी संस्करण अझ उम्दा र उत्साहजनक हुनेमा शंका छैन । वास्तवमा डीपीएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गरेको छ । र, यसको सम्पूर्ण श्रेय जान्छ, धनगढीका क्रिकेटप्रेमी युवाहरूको एक समूहलाई, जसको नेतृत्व गरिरहेका छन, सुवास शाही, ३२, ले । शाही एसपीए कपदेखि नै क्रिकेटको विकासमा लागेका लाग्यै छन निरन्तर । धनगढीलाई क्रिकेटको सहर बनाउने र धनगढीकै फाप्लामा अन्तर्रा्ष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने उनको सपना छ । नेपाली क्रिकेटलाई नयाँ रंग र रूपका साथ कायाकल्प गरिदिएर शाही र उनको टिमले बिर्सनै नसकिने गुन लगाएको छ ।

सुवास र उनको टिमले जुन किसिमको उदाहरण बनाएका छन, त्यो अरु क्षेत्रले पनि सिक्नुपर्ने हो । क्रिकेट विकाश गर्छु भन्ने ब्यक्तिले पनि केहि पाठ सिक्नु जुरुरी छ । सायद सुवासको यहि बानिले होला राष्ट्रिय टिमका कप्तान पारस खड्काले पनि सुवास जस्तो अरु चार पाच जना भए नेपाली क्रिकेटको विकाश राम्रोसंग हुने दावी गरेका थिए ।

Comments:

comments

About the author

News Staff

Latest News