पपुवा न्युगिनी विरुद्ध यूएइ पाच विकेटले विजयी, श्रृखलामा दुई एकको अग्रता

पपुवा न्युगिनी विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा यूएइ पाच विकेटले विजयी भएको छ । जितसंगै युएइले तीन खेलको श्रृखलामा दुई एकको अग्रता बनाएको छ ।

आवुधावी स्थित सेश जायद स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजी १८ ओभर दुई बलमा एक सय २ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा माहुरु दाईले ३१ र सेसे बउले २२ रन तथा नोरमन भानुले १४ रन बनाए । पिएनजीलाई कम स्कोरमा रोक्न मोहम्मद नाभिद र अम्जाद जाभेदले तीन तीन विकेट लिए ।

जवाफमा घरेलु टिम यूएइले १५ ओभर एक बलमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । युएइको जितमा सइमन अनवरले ३९ तथा मोहम्मद नाभिदले १५ र मुहम्मद उस्मनले १४ रन बनाए ।

यसैविच युएइका विकेटकिपर गुलाम साबीरलाई आइसीसीको आचार संहिता उल्लघन गरेको भन्दै खेलको २० प्रतिशत म्याच फि फाइन लगाएको छ । पिएनजी विरुद्धको तेस्रो एकदिवसिय खेलमा गुलामले युएइका खेलाडीलाई रन आउट गर्ने प्रयासमा जानी जानी ग्लब्सले स्टम्प ढलाएको प्रमाणित भएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News