International News

अन्डर नाइन्टिन एशिया कप छनोट सेप्टेम्बर १० देखि , नेपाल पनि खेल्दै

एशियन क्रिकेट काउन्सिलले भारतमा हुने अन्डर नाइन्टिन एशिया कपका लागि छनोट तालिका सार्वजनिक गरिएको छ । जसमा नेपालले पनि भाग लिनेछ ।

एसीसीले सार्वजनिक गरेको अन्डर नाइन्टिन एशिया कपको छनोट यहि बर्षको सेप्टेम्बर देखि अक्टोबरमा हुनेछ । जसमा १७ देशले सहभागिता जनाउनेछन । सहभागि टिमलाई दुई क्षेत्रमा विभाजन गरिएको छ । पश्चिम एशिया र पुर्वि एशियामा रहेका देशले छुटै छनोट प्रतियोगिता खेल्नेछन । मलेसियामा सेप्टेम्बर १० देखि २२ तारिखसम्म हुने पुर्वी एशिया देशको छनोटमा आयोजक मलेसिया सहित भुटान, चीन, सिंगापुर, थाइल्याण्ड, हङकङ, म्यानमार र नेपाल रहेका छन । यो समुहमा शिर्ष दुई स्थानमा रहने टिमले एशिया कप खेल्नेछन ।

यस्तै पश्चिमी एशिया टिममा नौ देश रहेका छन । कुवेतमा १० देखि २२ अक्टोबरसम्म हुने प्रतियोगितामा अफगानिस्तान, ओमान, कतार, साउदी अरेविया, माल्दिभ्स, बहराईन, इरान र युएई छन । यो समुह बाट पनि दुई टिम एशिया कपका लागि छनोट हुनेछन । छनोट प्रतियोगिताबाट शिर्ष चारमा रहने टिम र टेष्ट मान्यता राष्ट्र पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशलाई समावेश गरेर अन्डर नाइन्टिन एशिया कप खेलाइने छ । जुन नोवेम्बरमा भारतमा हुनेछ । ५० ओभरका फरम्याटमा खेलाईने प्रतियोगिता २०१८ मा न्युजिल्याण्डमा हुने अन्डर नाइन्टिन विश्वकप तयारीका रुपमा लिइएको छ ।

Most Popular

To Top