National News Nepal U19 Cricket

यू–१९ राष्ट्रिय क्रिकेट लिग, सुदुर पश्चिम र पश्चिमाञ्चल विजयी

इटहरीमा आज देखि सुरु भएको अन्डर नाइन्टिन राष्ट्रिय प्रिमियर क्रिकेट लिगको पहिलो दिन सुदुर पश्चिम र पश्चिमाञ्चल विजयी भएका छन् ।

इटहरीमा भएको खेलमा सुदुर पश्चिमले आयोजक इटहरी क्रिकेट एकेडेमीलाई नौ विकेटले पराजित गरयो । पहिले ब्याटिङ गरेको इटहरीले २० ओभरमा ६ विकेट गुमाउदै एक सय एक रन बनायो । उसका लागि मनिश दाहालले ३४, विकेश बन्जारा र सुमन्त रेग्मीले समान १९ रन बनाए । जवाफमा सुदुरपश्चिमले १९ ओभरमा नौ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । सुदुरको जितमा राजन सिंहले १८ र अयुव चन्दले ३४ रन बनाए ।

अर्को खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमलाई दुई विकेटले पराजित गरयो । टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिम १८ ओभरमा एक सय चार रनमा अलआउट भयो । उसका लागि संसोधिन अन्सारीले ४७ र अजय शाहीले १३ रन बनाए । पश्चिमाञ्चलका लागि अजय चौहानले पाच विकेट लिए । जवाफमा पश्चिमाञ्चलले १४ ओभर आठ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका लागि अजय कौशल्याले ३१ र कुशल मल्लले १९ रन बनाए ।

Comments:

comments

About the author

News Staff

Latest News