मध्यमाञ्चल र पुर्वाञ्चल अन्डर नाइन्टिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

मध्यमाञ्चल र पुर्वाञ्चल इटहरीमा जारी अन्डर नाइन्टिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन ।

इटहरीमा भएको खेलमा मध्यमाञ्चलले इटहरी क्रिकेट एकेडेमीलाई दश विकेटले पाखा लगायो । पहिले ब्याटिङ गरेको इटहरी मात्र १७ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन । इटहरी एकेडेमीलाई कम स्कोरमा रोक्न मोहम्मद हुसेनले पाच तथा सम्साद अन्सारीले तीन विकेट लिए । जवाफमा मध्यमाञ्चलले तीन ओभरमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्दै समुह बी बाट उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरयो ।

यस्तै अर्को खेलमा पुर्वाञ्चलले मध्यपश्चिमलाई ७५ रनले हरायो । पुर्वाञ्चलले सात विकेट गुमाउदै एक सय ७५ रन बनाएको थियो । उसका लािग मिनस थापाले ६१ तथा राज थापाले ३६ रन बनाए । जवाफमा मध्यपश्चिम एक सय रनमा अलआउट भयो । उसका लागि सुनिल भण्डारीले २५ र मनोज यादवले २४ रन बनाउनु बाहेक बाकि खेलाडी सस्तैमा आउट भए । अब भोली हुने पहिलो सेमिफाइनलमा पुर्वाञ्चलले मध्यमाञ्चल र सुदुरपश्चिमले पश्चिमाञ्चलसंग खेल्नेछ ।

Comments:

comments

Latest News