National News Nepal U19 Cricket

अन्डर नाइन्टिन क्रिकेट, उपाधिका लागि पूर्वाञ्चल र पश्चिमाञ्चल भिडने

इटहरीमा जारी अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिताको उपाधिका लागि पूर्वाञ्चल र पश्चिमाञ्चल भिडने भएको छन । इटहरीमा भएको खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई एक सय ५६ रनले हरायो भने पश्चिमाञ्चलले सुदरपश्चिमलाई १८ रनले पराजित गरयो ।

इटबरीमा भएको पहिलो सेमिफाइलनमा पूर्वाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै दुई सय ६ रन बनायो । उसका लागि सन्दिप ढुंगानाले ४५, अंकिन सुवेदी ६२ र मिनस थापाले ५० रन बनाए । मध्यमाञ्चलका लागि मोहम्मद हुसेन र अयुव अलि अन्सारीले दुई दुई विकेट लिएका थिए । जवाफमो मध्यमाञ्चल १० ओभरमा मात्र ५० रनमा अल आउट भयो । मध्यमाञ्चलका लागि सलमान आलमले १७ रन बनाउनु बाहेक बाकि खेलाडी सस्तैमा आउट भए ।

दोश्रो सेमीफाइनलमा पश्चिमाञ्चलले २० ओभरमा ८ विकेट गुमाएउदै एक सय २९ रन बनाएको थियो । पश्चिमाञ्चलका लागि सुमन पाण्डेले ४१ रन बनाए । एक सय ३० रनको लक्ष्य पक्ष््याएको सुदुरपश्चिमाञ्चल १९ ओभरमा एक सय ११ रनमा समेटियो । उसका लागि अयुव चन्दले ४५ र बसन्त सिंह कार्कीले ३० रन बनाए । फाइनल खेल भोली हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News