National News

अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेटको उपाधि पूर्वाञ्चललाई

इटहरीमा सम्पन्न अण्डर नाइन्टिन राष्ट्रिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि पूर्वाञ्चलले जितेको छ । फाइनलमा पश्चिमाञ्चललाई ८३ रनले हराउदै पूर्वाञ्चलले उपाधि जितेको हो ।

इटहरीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै एक सय ६१ रन बनायो । पूर्वाञ्चलको लागि कप्तान मिनास थापाले ६८ र सन्दिप ढुंगानाले २८ रन बनाए । पश्चिमाञ्चलका लागि सन्दिप क्षेत्रीले दुई तथा अनिल खरेल र राहुल चौहानले एक एक विकेट लिए । जवाफमा पश्चिमाञ्चल १५ ओभर पाच बलमा ७८ रनमा समेटियो ।

पश्चिमाञ्चलका लागि अजय कौशलियाले २० र मनोज गुरुङ्गले १४ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । बलिङ तर्फ पूर्वाञ्चलका विवेक यादवले तीन र मिनाश थापाले चार विकेट लिए । प्रतियोगितामा म्यान अफ द सिरिज पूर्वाञ्चलका मिनाश थापा घोषित भए । उनले नगद पाच हजार रुपैया प्राप्त गरे । यस्तै बेष्ट बलरमा पश्चिमाञ्चलका राहुल चौहान र बेष्ट्स ब्याट्सम्यानमा पूर्वाञ्चलका अंकित सुवेदी बने ।

Most Popular

To Top