Nepal Cricket

युनिर्भसिटी क्रिकेट कप प्रतियोगिताको पहिलो संस्करण भोली देखी

युनिर्भसिटी क्रिकेट कप प्रतियोगिताको पहिलो संस्करण भोली देखी राजधानीमा सुरु हुने भएको छ ।

प्रतियोगिता, विश्वबिद्यालय र कलेजमा रहेका खेलाडीलाई एक्सपोजर दिने उदेश्यले स्थापना भएको युनिर्भसिटी क्रिकेट क्लबको आयोजनामा हुन लागेको हो । क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । चैत २९ गते सम्म संचालन हुने प्रतियोगितामा युनर्भिसिटी र बलेज गरी १६ टिमको सहभागिता रहनेछ ।

१६ टिमलाइ दुइ समुहमा विभाजन गरेर हुने ट्वान्टी ट्वान्टी फरम्याटको प्रतियोगिता नक आउटका आधारमा खेलाडइने । सम्बन्धित कलेज तथा विश्वविद्यँलयमा अध्ययन गर्ने राष्ट्रिय टिमका खेलाडी पनि यो प्रतियोगिता खेल्न सक्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पांच र थप तीन उदयिमान खेलाडीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा एक वर्ष सम्म निशुल्क प्रशिक्षण र प्रतियोगिता खेल्ने अवसर पाउनछेन ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन । अर्को वर्ष देखी युनिर्भसिटी स्तरको लिग संचालन गर्ने योजना रहेको क्लबले बताएको छ । यस्तै भविष्यमा अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली कलेज र युनिर्भसिटीलाइ सहभागि गराउने पनि बताइएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News