गोल्डेनगेट कलेज र के एण्ड के कलेज युनिभर्सिटी कप क्रिकेटको क्वाटरफाइनलमा

गोल्डेनगेट कलेज र के एण्ड के कलेज राजधानीमा जारी युनिभर्सिटी कप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेका छन । आज भएको खेलमा गोल्डेनगेटले काठमाडौ युनिभर्सिटीलाई १० विकेटले हरायो भने के एण्ड के ले राजश्री कलेजलाई ६ विकेटले पाखा लगायो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौ युनिभर्सिटी १६ ओभरमा मात्र ४४ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन । केयुको पारीलाई धरासायी बनाउन सुमन उदयले चार तथा प्रशन्न शाक्य र इन्द्रकाम मानन्धरले दुई दुई विकेट लिए । जवाफमा गोल्डेन गेटले दुई ओभर पाच बलमा विना विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका लागि इन्द्रकमल मानन्धरले २३ तथा विजय गौतमले १७ रन बनाए ।

यस्तै अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजश्री १९ ओभर दुई बलमा एक सय २६ रनमा अलआउट भयो । उसका लागि सुदिप मणी नेपालीले २९ तथा सुदर्शन जोशीले २६ रन बनाए । बलिङ तर्फ के एण्ड के का कुशल बस्नेत र राम भण्डारीले तीन तीन विकेट लिए । जवाफमा के एण्ड के ले १० ओभर तीन बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसको जितमा राम भण्डारीले ४२ तथा एल्ड्रिन सिवाले २८ रन बनाए । प्रतियोगितामा भोली देखि क्वाटरफाइनलका खेल हुनेछन । पहिलो क्वाटरफाइनलमा टियु र निस्ट खेल्नेछन भने अर्को खेल ग्लोबल कलेज र संकरदेव क्याम्पस विच हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News