त्रिभुवन विश्वविध्यालय र संकरदेव क्याम्पस सेमिफाइनलमा

त्रिभुवन विश्वविध्यालय र संकरदेव क्याम्पस राजधानीमा जारी युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन । आज भएको पहिलो क्वाटरफाइनलमा टियु ले निष्ट कलेजलाई ६ विकेटले हरायो भने संकरदेवले ग्लोबल कलेजलाई ६७ रनले हरायो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको दोस्रो क्वाटरफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको संकरदेवले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ३८ रन बनायो । जवाफमा ग्लोबल कलेज १३ ओभर एक बलमा मात्र ७१ रनमा अलआउट भयो ।

अर्को खेलमा पहिले ब्याटिङ गरेको निष्ट कलेज १९ ओभर दुई बलमा ८६ रनमा अलआउट भयो । उसका लागि सन्तोष पौडेलले २३ रन बनाए । जवाफमा टियुले १७ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । टियुको जितमा प्रदिप टन्डनले ३६ र अल्फाज मन्सुरीले २३ रन बनाए । प्रतियोगितामा भोली शहिद स्मारक र नेपाल कमर्स क्याम्पस तथा गोल्डेन गेट र के एण्ड के कलेज विच प्रतिस्पर्धा हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News