युनिभर्सिटी कप क्रिकेट, नेपाल कमर्स क्याम्पस र गोल्डेनगेट सेमिफाइनलमा

नेपाल कमर्स क्याम्पस र गोल्डेनगेट कलेज राजधानीमा जारी युनिभर्सिटी कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन । आज भएको खेलमा कमर्स क्याम्पसले सहिद स्मारक कलेजलाई २३ रनले हरायो भने गोल्डेन गेटले के एण्ड के कलेजलाई एक सय १५ रनले पाखा लगायो ।

किर्तीपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कमर्स क्याम्पसले १९ ओभरमा नौ विकेट गुमाउदै एक सय ४१ रन बनायो । उसका लाग लोकेन्द्र चन्दले ४२ तथा पवन श्रेष्ठले २३ रन बनाए । बलिङ तर्फ शहिद स्मारकका आशिष खडका र टेकबहादुर सलामीले तीन तीन विकेट लिए ।

जवाफमा सहिद स्मारक २० ओभरमा आठ विकेट गुमाउदा एक सय १८ रनमा रोकियो । उसका लागि विश्वास श्रेष्ठले ३८ र टेकबहादुर सलामीले २० रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए ।

अर्को खेलमा पहिले ब्याटिङ गरेको गोल्डेन गेटले २० ओभरमा आठ विकेट गुमाउदा दुई सय आठ रन बनायो । उसका लागि प्रशन्न शाक्यले ३८ तथा विजय गौतम र सुमन उदयले समान ३६–३६ रन बनाए ।

जवाफमा के एण्ड के १७ ओभर पाच बलमा ९० रनमा अलआउट भयो । उसका लागि अमृत केसीले २० रन बनाएपनि बाकि खेलाडी सस्तोमा आउट भए ।

Comments:

comments

About the author

News Staff

Latest News