National News

युनिभर्सिटी कप क्रिकेट, उपाधिका लागि शंकरदेव र नेपाल कमर्स क्याम्पस भिडने

शंकरदेव र नेपाल कमर्स क्याम्पस राजधानीमा जारी युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिडने भएका छन । आज भएको सेमिफाइलनमा शंकरदेवले त्रिभुवन विश्वविध्यालयलाई २२ रनले हरायो भने कमर्स क्याम्पसले गोल्डेनगेट कलेजलाई ६ विकेटले पाखा लगायो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन गेटले २० ओभरमा एक सय ३० रन बनायो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सञ्जय बस्नेतले ३७ तथा प्रशन्न शाक्य र सौरभ सिंहले समान १८ रन बनाए ।

जवाफमा कर्मस क्याम्पसले दुई बल बाकि हुदा लक्ष्य पुरा गरयो । उसका लागि पवन श्रेष्ठले अविजीत ४२ तथा हिमान्सु दत्तले २५ र रोशन बडालले २२ रन बनाए । यसतै धिरज अधिकारीले १७ रन थपे ।

अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको शंकरदेवले २० ओभरमा पाच विकेट गुमाउदा एक सय ६३ रन बनायो । उसका लागि आयुस्मान बमले ४६ तथा आशिष पोखरेलले ३८ र रविन्द्र शाहीले २२ तथा रविन चन्दले २१ रन बनाए ।

जवाफमा टियु २० ओभरमा नौ विकेट गुमाउदा एक सय ४१ रनमा अलआउट भयो । उसका लागि आचल चौधरीले ४२ तथा अल्फाज मन्सुरीले २८ रन बनाएपनि बाकि खेलाडीले खासै राम्रो खेल्न सकेनन । जसका कारण टिम सेमिफाइनलबाट बाहिरीयो । प्रतियोगिताको फाइनल खेल भोली हुनेछ ।

Latest News

To Top