National News

युनिभर्सिटी कप क्रिकेट, निष्ट र शहिद स्मारक कलेज क्वाटरफाइनलमा

निष्ट कलेज र शहिद स्मारक कलेज राजधानीमा जारी युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन । आज भएको खेलमा निष्टले पाटन मल्टिपल कलेजलाई एक सय १० रनको भारी अन्तरले हरायो भने शहिद स्मारकले पाटन एकेडेमी अफ हेल्थ साइन्स कलेजलाई छ विकेटले पराजित गरयो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको निष्टले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ८२ रन बनायो । उसका लागि विपिन आचार्यले ५२ तथा सोहन यादवले ५१ र विवेश रानामगरले ४४ रन बनाए ।

जवाफमा पाटन मल्टिपल १७ ओभर एक बलमा मात्र ७२ रनमा अलआउट भयो । उसका लागि निर्मल लुइटेलले २१ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । पाटनलाई कम स्कोरमा रोक्न प्रदिप परियारले चार तथा सुमित झा ले तीन विकेट लिए ।

अर्को खेलमा पाटन एकेडेमीले पहिले ब्याटिङ गर्दै १८ ओभर एक बलमा एक सय १६ रनमा अलआउट भयो । उसका लागि मनिश यादवले ३३ रन बनाए । जवाफमा शहिद स्मारकले १८ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । शहिद स्मारकका लागि नविन शर्माले ३४ रन बनाए ।

Most Popular

To Top