संकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्पस युनिभर्सिटी कप क्रिकेटको क्वाटरफाइनलमा

संकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्पस राजधानीमा जारी युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन । संकरदेवले सेन्ट लरेन्सलाई ४९ रनले तथा नेपाल कमर्सले कसमस कलेजलाई ८ विकेटले पाखा लगायो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको संकरदेवले २० ओभरमा सात विकेट गुमाउदै एक सय ६३ रन बनायो । उसका लागि आयुस्मान बमले ६१ तथा सोमश यादवले ३५ रन बनाए ।

जवाफमा सेन्ट लेरेन्स कलेज १८ ओभर चार बलमा एक सय १४ रनमा अलआउट भयो । उसका लागि अमित श्रेष्ठले ३२ तथा प्रसुन थापाले २१ र अविशेष थापाले १८ रन बनाउनु बाहेक बाकि खेलाडी सस्तैमा आउट भए । सेन्ट लरेन्सलाई कम स्कोरमा रोक्न संकरदेवका प्रकाश विष्ट, आशिष पोखरेल, लोकेन्द्र धामी तथा विनोद भट्टराईले दुई दुई विकेट लिए ।

यस्तै अर्को खेलमा टस जितेको कसमस कलेज १४ ओभर चार बलमा ६७ रनमा अलआउट भयो । उसका लागि चुडामणी पण्डितले १२ रन बनाउनु बाहेका बाकि खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए । कसमसलाई कम स्कोरमा रोक्न नविन थापाले ६ विकेट लिए ।

जवाफमा कमर्स क्याम्पसले ६ ओभर तीन बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसको जितमा प्रकाश विष्टले ३४ तथा हिमान्सु दत्तले २१ रन बनाए ।

Comments:

comments

About the author

News Staff

Latest News