डब्लुसिएल डिभिजन वन एशिया क्षेत्र, साउदी अरेवियाको अर्को जित

थाइल्याण्डमा जारी आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप एशिया रिजनको डिभिजन वनमा साउदी अरेवियाले अर्को जित निकालेको छ । चियाङ माइमा भएको खेलमा साउदीले भुटानलाई ६ विकेटले पराजित गरयो ।

टस जितेर पहिलो ब्याटिङ गरेको भुटान २६ ओभर चार बलमा ९७ रनमा अलआउट भयो । उसका लागि तेन्जिङ वाङचुकले सर्वाधिक २१ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । भुटानलाई कम स्कोरमा रोक्न साउदीका सोयब अलीले पाच विकेट लिए ।

जवाफमा साउदीले १७ ओभर चार बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । साउदीको जितमा इब्रारुल हकले ३४ तथा इनयात सहिदले २५ रनको योगदान गरे ।

Comments:

comments

About the author

News Staff

Latest News