डब्लुसिएल एशिया क्षेत्र डिभिजन वन, कतारको लगातार चौथो जित, चीन २ सय ६५ रनले पराजित

आइसीसी विश्व क्रिकेट लिग एशिया क्षेत्रको डिभिजन वनमा चीनले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा चीन कतारसंग २ सय ६५ रनले पराजित भयो ।

थाइल्याण्डको चियाङ माइमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले ४८ ओभर पाच बलमा तीन सय ३९ रन बनायो । उसका लागि जाहिर इब्राहिमले ८० तथा धर्रमग पटेलले ७६ रन बनाए । यस्तै कमरान खानले ६९ रनको योगदान गरे । बलिङ तर्फ चीनका फेङ यु ले ६ विकेट लिए ।

जवाफमा चीन ३० ओभर पाच बलमा मात्र ७४ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कप्तान झाङ यु फेइले १९ र जी योङहेङले १६ रन बनाए । चीनको पारीलाई समाप्त पार्न कतारका मोहम्मद नादिमले पाच विकेट लिए । जारी प्रतियोगितामा कतारको लगातार चौथो जित हो । एक्लो अपराजित टिम कतारले आठ अंकका साथ शिर्ष स्थान ओगटेको छ । यस्तै चीनको लगातार पाचै हार हो ।

Comments:

comments

About the author

News Staff