International News

एशिया क्षेत्र, डिभिजन वन, साउदीद्धारा चीन तीन सय ९० रनले पराजित

आइसीसी विश्व क्रिकेट लिगको एशिया क्षेत्रको डिभिजन वनमा साउदी अरेवियाले चीनलाई तीन सय ९० रनको भारी अन्तरले हराएको छ ।

थाइल्याण्डको चियाङ माई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेवियाले ५० ओभरमा चार सय १८ रनको स्कोर तयार पारेको थियो । उसका लागि मोहम्मद अफजलले एक सय २० रन बनाए भने कप्तान सोयब अलीले ९१ तथा सहबाज रसिदले ५१ रनको योगदान गरे । बलिङ तर्फ चीनका फिङ यु ले पाच विकेट लिए ।

जवाफमा चीन १२ ओभर चार बलमा मात्र २८ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन भने सात खेलाडीले खाता खोल्न सकेनन । चीनले १२ अतिरीक्त रन पाएको थियो । चीनको पारिलाई धोस्त बनाउन इब्रारुल हक, इमरान आरिफ र सहबाज रसिदले तीन तीन विकेट लिए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top