International News

वेष्ट इन्डिज विरुद्धको खेलमा पाकिस्तान सात विकेटले विजयी

वेष्ट इन्डिज विरुद्धको चौथो ट्वान्टी ट्वान्टी खेलमा पाकिस्तान सात विकेटले विजयी भएको छ । जितसंगै पाकिस्तानले चार खेलको श्रृखला तीन एकले जितेको छ ।

वेष्ट इन्डिजको क्विन अफ ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा आठ विकेट गुमाउदै एक सय २४ रन बनाएको थियो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा चादविक वाल्टनले ४० तथा कार्लोस ब्रेथवेटले अविजीत ३७ रन बनाए । बलिङ तर्फ पाकिस्तानका हसन अली र सादव खानले समान दुई दुई विकेट लिए ।

जवाफमा पाकिस्तानले १९ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । पाकिस्तानका लागि अहमेद सहजादले ५३ तथा बाबर अजामले ३८ रन बनाए । यस्तै कमरान अकमालले २० रन जोडे ।

Most Popular

To Top