वेष्ट इन्डिज विरुद्ध पाकिस्तान ७ विकेटले विजयी, श्रृखलामा एक शुन्यको अग्रता

वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा पाकिस्तान ७ विकेटले विजयी भएको छ । जितसंगै पाकिस्तानले तीन खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज पहिलो पारीमा दुई सय ८६ रनमा अलआउट भयो । उसका लागि रोस्टोन चेजले ६३ तथा कप्तान जेसोन होल्डरले अविजीत ५७ र सेन डोरीचले ५६ रनको योगदान गरे । बलिङ तर्फ पाकिस्तानका मोहम्मद आमिरले ६ विकेट लिए ।

जवाफमा पाकिस्तानले पहिलो पारीमा चार सय सात रन बनायो । उसका लागि कप्तान मिस्वा उल हकले अविजीत ९९ रन बनाए भने बाबर अजामले ७२ र युनिस खानले ५८ तथा सरफराज अहमदले ५४ रनको योगदान गरे । जसका कारण पाकिस्तानले पहिलो पारीमा एक सय २१ रनको अग्रता लिन सफल भयो ।

तर दोस्रो पारीमा वेष्ट इन्डिज मात्र एक सय ५२ रनमा अलआउट भएपछि पाकिस्तानले जम्मा ३२ रनको झिनो लक्ष्य पायो । वेष्ट इन्डिजका लागि कायरन पावेलले ४९ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । दोस्रो पारिमा पाकिस्तानका लागि यासिर खानले ६ विकेट लिए ।

मात्र ३२ रनको लक्ष्य पक्ष्याएको पाकिस्तानले तीन विकेट गुमाउदै पुरा गरयो । २७ रनमा तीन विकेट गुमाएको पाकिस्तानका लागि मिस्वा उल हकले नै जित दिलाए । उनले अविजीत १२ रन बनाए ।

Comments:

comments

About the author

News Staff