Domestic

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता आउदो विहिबार देखि

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको विजेताले दुई लाख रुपैया प्राप्त गर्नेछन् भने उप विजेताले एक लाख हात पार्नेछ ।

काठमाडौं – बैशाख २१ देखि कैलालीको अत्तरीयामा सुरु हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने छन । धनगढीमा आज पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगितामा भाग लिने ६ वटै टोलीहरुलाई दुई समुहमा विभाजन गरी खेल तालिका सार्वजनिक गरेको छ ।

अत्तरिया स्थित एपीएफको क्रिकेट मैदानमा हुने प्रतियोगीतामा समुह ए मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ । समुह वी मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन । वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने भएको छन । उद्घाटन र समापनको दिनमा वाहेक अन्य दिनमा दुई वटा खेल हुने भएको छ ।

प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाईने छ । लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । ए समुहको विजेताले वी समुहको उपविजेता तथा वी समुहको विजेताले ए को उपविजेतासग सेमिफाईनलमा फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

करिव २५ लाख रुपैया खर्च हुने प्रतियोगीताको विजेताले दुई लाख रुपैया प्राप्त गर्नेछन् भने उप विजेताले एक लाख हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैया पाउनेछन । महिला क्रिकेट प्रतियोगिता थोरै भइरहेको बेलामा यसको विकास गर्ने लक्ष्यका साथ देशकै सर्वाधिक धनराशीको प्रतियोगिता गर्न लागिएको आयोजक क्लवका अध्यक्ष रवि खनालले वताए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top