Blind Cricket

दृष्टीविहिन महिला क्रिकेटको उपाधिका लागि धौलागिरी र अन्नपुर्ण भिडने

राजधानीमा जारी दृष्टीविहिन महिला क्रिकेटको उपाधिका लागि धौलागिरी र अन्नपुर्ण भिडने भएका छन ।

तीन टिमको सहभागिता रहेको प्रतियोगिताका सबै टिमले एक एक खेल जितेकाले पाराबोला पद्धतीबाट रनरेटका आधारमा धौलागिरी र अन्नपुर्ण उपाधिका लागि भिडने भएका हुन । किर्तीपुर क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा धौलागिरीले अन्नपुर्णलाई ४१ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको धौलागिरीले २० ओभरमा चार विकेट गुमाउदै एक सय ५६ रन बनायो ।

उसका लागि आशिका चौधरी ५१, सरिता घिमिरे ४४ रनको योगदान गरिन । बलिङ तर्फ अन्नपुर्णका लागि आयुस्मा क्षेत्रीले एक विकेट लिइन । जवाफमा अन्नपुर्ण २० ओभरमा नौ विकेट गुमाउदै एक सय १५ रनमा अलआउट भयो । उसका लागि भगवती अमगायीले २६, आयुस्मा क्षेत्रीले १८ रन बनाए । धौलागिरीका लागि आशिका चौधरीको एक विकेट, ओममाया पुन दुई विकेट लिइन ।

अर्को खेलमा अन्नपुर्णले सगरमाथालाई ४० रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको अन्नपुर्णले २० ओभरमा चार विकेट गुमाउदै एक सय ३६ रन बनायो । उसका लागि स्मृती बुढामगर ५३, भगवती अमगायी २१ रनको योगदान दिए । जवाफमा सगरमाथा २० ओभरमा मात्र ९६ रनमा समेटियो । उसका लागि मनकेशी चौधरी १३ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । प्रतियोगिताको फाइनल खेल भोली हुनेछ ।

Most Popular

To Top