National News

सरकारको बजेट भाषण, बहुचर्चित मुलपानी मैदान विशेष प्राथीकतामा राखिने

आर्थिक बर्ष २०७४ र ७५ का लागि सरकारले खेलकुद क्षेत्रमा अघिल्ला बर्षझै पुर्वाधार विकाशमा बढी जोड दिएको छ । जसका लागि अघिल्लो यस आर्थिक बर्ष भन्दा आउदो आर्थिक बर्षमा करीव ६० करोड रुपैया बढी विनियोजन गरेको छ ।

सरकारले गरेको बजेट भाषणमा सरकारले आउदो आर्थिक बर्षका लागि दुई अर्व २४ करोड रुपैया विनियोजन गरेको छ । जसमा बहुचर्चित मुलपानी मैदानको निर्माणका साथै देशका आठ स्थानमा क्रिकेट मैदान निर्माणको कार्यलाई निरन्तरता दिइएको छ । यसका साथै क्रिकेट तथा फुटलब खेलको विकाशका लागि प्रतियोगिता सञ्चालन र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि सरकारले विशेष योजना बनाएको छ ।

यसका साथै २०१९ मा नेपालमा हुने दक्षिण एशियाली खेलकुदका लागि पनि सरकारले विशेष योजनामा राखेको छ । साथै युथ भिजन २०२५ को परियोजना अन्तर्गत युवालाई स्वरोजगार र क्षमता अभिबृदी तथा नेतृत्वदायी क्षमताका लागि विशेष बजेट छुटयाइएको छ ।

नेपालमा रंगशाला निर्माणका लागि भने सरकारले यसपटक छुटै बजेट राखेको छैन । यस्तै नेपालको राष्ट्रिय खेल भलिबलको पुर्वाधारका लागि पनि सरकारले कुनैपनि योजना भने राखेको छैन । आउदो आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयले साग सहित करीव चार अर्व रुपैया माग गरेको थियो । जसमा साग र पुर्वाधार विकाशका लागि एक अर्व ५० करोड रहेको थियो ।

यसअघि सरकारले युवा तथा खेलकुदका लागि एक अर्व ६५ करोड रुपैया विनियोजन गरेको थियो । पुर्वाधार निर्माण र विकाशका लागि सरकारले अब साझै स्थानिय तहमा बजेट विनियोजन गर्ने भएको छ । यसअघि राष्ट्रिय खेलकुद मार्फत बजेट विनियोजन गर्ने गरेकोमा यसपटक साझै स्थानीय स्तरमा बजेट पठाउने भएको हो ।

Most Popular

To Top