International News

च्याम्पियन्स ट्रफि, भारतको टिम घोषणा, रोहित शर्मा र मोहम्मद शामीले कमब्याक

इग्ल्याण्ड र वेल्समा हुने च्याम्पियन्स ट्रफिका लागि भारतीय क्रिकेट बोर्डले बल्ल टिमको घोषणा गरेको छ । च्याम्पियन्स ट्रफिका लागि खेलाडीको नामावली बुझाउने मिती गत २५ तारिखमा सकिएपछि विभिन्न अन्योलका विच भारतले टिम घोषणा गरेको हो ।

बिसीसीआइले घोषणा गरेको टिममा रोहित शर्मा र मोहम्मद शामीले कमब्याक गरेका छन । गत बर्षको अक्टोबर पछि चोटका कारण टिममा नपरेका रोहित जारी आइपिएलमा पुर्ण रुपमा फिट भएर खेलेका कारण ओपनरका रुपमा टिममा स्थान बनाएका छन । यस्तै सामी २०१५ को विश्वकप पछि टिममा पर्न सकेका थिएनन । यस्तै हर्नियाका कारण आराममा रहेका रविचन्द्र आश्विन र युवराज सिहले पनि टिममा कमब्याक गरेका छन ।

तोकेको समयमा टिमको घोषणा नगरेपछि साविक विजेता भारतले प्रतियोगिता बहिस्कार गर्न लागेको भन्ने आलोचना पनि भएको थियो । तर बिसीसीआइले आइपिएलका कारण टिमको घोषणा नगरेको बताउदै आएको थियो ।

१५ खेलाडीको नामावली यस्तो रहेको छ ।

रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), केदार जादव, मनिश पाण्डे, महेन्द्रसिंह धोनी, युवराज सिंह, रविन्द्र जडेजा, हार्दिक पाण्डे, भुवनेश्वर कुमार, उमेश यादव, जस्प्रित बुर्माह, अजिन्क्या राहाणे, रविचन्द्रन आश्विन, मोहम्मद शामी

Latest News

To Top