National News

क्रिकेट संघको आन्तरिक समस्या समाधान नगरे सदस्यता नै गुम्ला भन्ने डर

पछिल्लो एक बर्ष देखि आइसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघको आन्तरिक समस्या एक महिना भित्र समाधान नगरे संघले अन्तराष्ट्रिय क्रिकेट परिषदको सदस्यता गुमाउने निश्चित भएको क्रिकेट सरोकारवालाहरुले सरकारलाई चेतावनी दिएका छन ।

हाल निलम्बनमा रहेको क्यानका विषयमा क्रिकेट खेलाडी संघ नेपालले आयोजना गरेको अन्र्तकृयामा सहभागी ब्यक्तिहरुले तोकेको समय भित्र आइसीसीले दिएको म्यान्डेड अनुसार विधान संसोधन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा निर्वाचित भनिएको क्यानका अध्यक्ष चतुर बहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेललाइ बोलाइएको भएपनि उनीहरु उपस्थित भएनन् । आइसीसी सल्लाहकार समितीले प्रारम्भिक चरणमा नया क्यानको विधानको ड्राफ्ट तयार पारिसकेको छ । विधानमा केही ब्यक्तिहरुले आफ्नो निजी स्वार्थ खोजेकाले काम अघि बढ्न नसकेको समितीको भनाइ छ ।

सदस्य सचिव बिस्टले क्रिकेटको समस्या समाधान गर्न सल्लाहकार समितिले बनाएको विधानमा आफुहरुको पुर्ण सहमति रहने प्रतिबद्धता ब्यक्त गर्दा खेलाडी तथा प्रशिक्षकले नेपाली क्रिकेटलाइ बचाउन सम्बन्धित सवैलाइ आग्रह गरे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, आइसीसीले गठन गरेको सल्लाहाकार समितीका प्रतिनिधी, तदर्थ समितीका पदाधिकारीका साथै क्रिकेट प्रशिक्षक र खेलाडी तथा अम्पायरको उपस्थिती रहेको थियो । आइसीसीले जुनमा क्यान सम्बन्धित अन्तिम निर्णय गर्दैछ । यदि आइसीसीको म्यान्डेट अनुसार विधान नबने नेपालले सदस्यस्ता नै गुमाउन सक्ने खतरा रहेको छ । एक दिन अगाडीमात्र आइसीसीले निलम्बनमा रहेको अमेरीकी क्रिकेट संघको सदस्यता नै हटाउने संकेत दिइसकेको छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top