धनगढी प्रिमियर लिगको आय व्यय विवरण, करीव १५ लाख रुपैया घाटा

कैलालीमा सम्पन्न भएको धनगढी प्रिमियर लिगको आय व्यय विवरण आज सार्वजनिक गरीएको छ । जसमा आयोजकले करीव १५ लाख रुपैया घाटा ब्यहोरेको जनाएका छन ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले आम्दानी र खर्चको विवरण सार्वजनिक गर्दै करीव एक करोड ६७ लाख रुपैया अँम्दानी भएकोमा एक करोड ८२ लाख रुपैया प्रतियोगितामा खर्च भएको जनाएको छ । यद्यपि डिपिएलले क्रिकेट समृद्ध धनगढी र सुन्दर सुदूरपश्चिम निर्माण गर्ने आशा जगाएको र क्रिकेटलाई ऐतिहासिक मोड दिन सफल भएको आयोजकको भनाइ छ । आगामी श्रृङ्खलामा अझ बढी र अझ बढी आकर्षक ढंगले ल्याउने तयारीमा अगाडी बढेको जनाएको छ । आगामी सस्करणमा अन्र्तराष्ट्रिय ख्याती प्राप्त विदेशी खेलाडीलाई प्रतियोगितामा उतार्ने प्रयत्न गरिरहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा सुदुरपश्चिमको क्रिकेट विकासमा योगदान पु¥याउनु भएका क्रिकेट प्रशिक्षक स्वर्गीय अर्जुन खड्काको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । लिग अवधिभर उठेको रकमको २० प्रतिशत अर्थात ९३ हजार पाच सय ९१ र सहभागी भएका ६ टोलीका कप्तानले जनही पाच हजारका दरले प्राप्त भएको ३० हजार रकम गरी एक लाख २३ हजार पाच सय ९१ रुपैया परिवारलाई हस्तान्तरण गरेको छ । सहयोग रकम धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाही र एकेडेमीकै निर्देशक महेश शाहले हस्तान्तरण गर्नुभएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News