International News

कप्तानको सतकमा इग्ल्याण्ड ७२ रनले विजयी

दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसिय खेलमा इग्ल्याण्ड ७२ रनले विजयी भएको छ । जितसंगै इग्ल्याण्डले तीन खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

इग्ल्याण्डको लिड्समा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले ५० ओभरमा ६ विकेट गुमाउदा तीन सय ४० रनको विशाल स्कोर तयार पारेको थियो उसका लागि कप्तान इयोन मोर्गनले सतकिए पारी खेले । उनले ९३ बलमा एक सय सात रन बनाए । यस्तै मोयन अलीले ७७ तथा एलेक्स हल्सले ६१ रन जोडे । तीन रन हुदा पहिलो विकेट गुमाएको इग्ल्याण्डका लागि हल्स र जोय रुटले ९८ रनको साझेदारी गरेका थिए । त्यसपछि छैटौ विकेटका लागि मोर्गन र मोयन अलीले एक सय ६७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्कोरमा पुरयाए ।

जवाफमा दक्षिण अफ्रिका ४५ ओभरमा दुई सय ६७ रनमा अलआउट भयो । सुरुवात राम्रो गरेपनि मिडिलअडरका खेलाडी खासै राम्रोसंग जम्न नसक्दा दक्षिण अफ्रिका पराजित हुन पुग्यो । उसका लागि हसिम अमलाले ७३ तथा फाफ डुप्लिसिसले ६७ र कप्तान एवी डिभिलियर्सले ४५ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । पाहुना टिमलाई कम स्कोरमा रोक्न क्रिस वोक्सले चार विकेट लिए ।

Latest News

To Top