International News

दक्षिण अफ्रिका माथि इग्ल्याण्डको २ रनको जित

इङल्यान्डले दक्षिण अफ्रिका विरुद्धको दोस्रो एकदिवशीय क्रिकेट प्रतियोगितामा दुइ रनको रोमाञ्चक जीत हात पारेको छ । जीत संगै इङल्यान्डले तीन खेलको श्रीङखलामा कब्जा जामायो ।

साउथह्याम्पटनमा गएराती भएको खेलमा टस हारेर ब्याटिङ गरेको इङल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय तीस रन बनाएको थियो । इङल्यान्डको पारीमा बेन स्टोकले शतकिय पारी खेले । उनले ७९ बल खेल्दै एक सय एक रन बनाए । स्टोकले तीन छक्का र एघार चौका प्रहार गरेका थिए । जोश बटलर ६५ रनमा अविजीत रहे । जो रुटले ३९ र मोइन खलीले ३३ रनको योगदान दिए । बलिङ तर्फ कागिसो राबाडाले दुइ विकेट लिए ।

तीन सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पांच विकेट गुमाउदै तीन सय २८ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकालाइ जीतका लागि अन्तिम ओभरमा जम्मा सात रन चाहिएको थियो । तर इङल्यान्डका मार्क उडले उत्कृष्ट बलिङ गर्दै चार रन मात्र दिए । क्विन्टन डि कोकले ९८, डेविड मिल्लरले ७१ र एबि डि भिल्लियर्सले ५२ रन बनाएपनि दक्षिण अफ्रिकाको हार टार्न सकेनन् । इङल्यान्डका लियाम प्लनकेटले तीन विकेट लिए । पहिलो एकदिवशीयमा इङल्यान्डले दक्षिण अफ्रिकालाइ ७२ रनले पराजित गरेको थियो ।

तेस्रो तथा अन्तिम एकदिवशीय भोली हुनेछ । यो जीत संगै इङल्यान्डको च्याम्पियन्स ट्रफीका लागि मनोवल उच्च भएको छ । जुन एक देखी सुरु हुने प्रतियोगिता इङल्यान्ड आयोजक राष्ट्र हो ।

Latest News

To Top