International News

हसिम अमलाले तोडे विराटको रेकर्ड, दक्षिण अफ्रिकाद्धारा इग्ल्याड ७ विकेटले पराजित

इग्ल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा दक्षिण अफ्रिकाले सान्त्वना जित निकालेको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिका इग्ल्याण्ड विरुद्ध सात विकेटले विजयी भयो ।

लर्डस मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्ड ३१ ओभर एक बलमा मात्र एक सय ५३ रनमा अलआउट भयो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा जोनी बेयस्ट्रोले ५१ तथा टोबे रोनाल्ड जोन्सले ३७ र डेविड विलीले २६ रनको योगदान गरे । इग्ल्याण्डलाई कम स्कोरमा रोक्न राबाडाले चार तथा वायन पारनेल र केशव महाराजले तीन तीन विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले २८ ओभर पाच बलमा तीन विकेट गुमाउदै एक सय ५६ रन बनायो । उसको जितमा हसिम अमलाले ५५ तथा क्वि डी ककले ३४ र जेपी डुमिनीले २८ रन बनाए । एकदिवसिय क्रिकेटमा सात हजार रन पुरा गरेका अमला छिटो यो आकडा पुरा गर्ने पहिलो खेलाडी बनेका छन । उनले एक सय ५० इनिङमा यो आकडा पार गरेका हुन । उनले भारतीय कप्तान विराट कोहलीको रेकर्डलाई तोडेका छन । विराटले एक सय ६१ इनिङमा सात हजार रन पुरा गरेका थिए ।

Most Popular

To Top