National News

पारस खड्का राष्ट्रदीप मानपदवी र प्रशिक्षक जगत टमाटा जनसेवाश्री मानवदवीबाट सम्मानित

गणतन्त्र स्थापना दिवसको अवसरमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई सरकाले विशेष सम्मान गर्ने भएको छ ।

विभिन्न विधामा रहेर देशको सेवा गरेबाफत सरकारले गणतन्त्र दिवसको अवसरमा हरेक बर्ष विभिन्न ब्यक्तित्वलाई सम्मान गर्दै आएको छ । जसमा यसपटक क्रिकेटबाट कप्तान पारस खड्कालाई राष्ट्रदीप मानपदवीबाट सम्मानित गरिने भएको छ ।

यस्तै प्रशिक्षक जगत टमाटालाई प्रवल जनसेवाश्री मानवदवी प्रदान गरिएको छ । नेपाली क्रिकेट टिमका सफल कप्तान पारस यो पदवी लिन उपस्थित हुन नसक्ने भएका छन । किनकी उनी हाल अमेरीकामा रहेका छन । यसअघि सरकारले खेलकुदका अर्का ब्यक्ति सञ्जय पण्डितलाई पनि यस्तै पदवीबाट सम्मानीत गरिएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News