International News

टी–ट्वान्टी बरियता, न्युजिल्याण्ड पहिलो, भारत तल झर्दा अफगानिस्तान शिर्ष १० मा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिले जारी गरेको ट्वान्टी ट्वान्टी बरियतामा न्युजिल्याण्डले पहिलो स्थान ओगटेको छ । भारत भने चौथो स्थानमा पुगेको छ ।

आइसीसीले जारी गरेको बरियतामा कुल एक सय २५ अंकका साथ न्युजिल्याण्ड पहिलो स्थानमा पुगेको छ । २०१४ देखि २०१६ सम्म खेलेका खेलको प्रदर्शनको ५० प्रतिशत र पछिल्लो एक बर्षमा खेलेका सबै खेलको नतिजाका आधारमा न्युजिल्याण्डले ठुलो फडको मारेको हो । दोस्रो स्थानमा इग्ल्याण्ड छ भने भारतलाई पछि पार्दै पाकिस्तानले तेस्रो स्थान ओगटेको छ ।

इग्ल्याण्ड र पाकिस्तानको समान एक सय २१ अंक छ । ट्वान्टी ट्वान्टी विश्वकप च्याम्पियन वेष्ट इन्डिज सातौ स्थानमा छ भने अष्ट्रेलिया छैटौ स्थानमा रहेको छ । बंगलादेशलाई पछि पार्दै एसोसियट टिम अफगानिस्तान नबौ स्थानमा रहेको छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top