Junior

अन्तर स्कुल इन्डोर क्रिकेट मंगलबारदेखि

अन्तर स्कुल इन्डोर क्रिकेट मंगलबारदेखि शुरु हुने भएको छ । यसअघि विभिन्न विधामा हात हालेको भ्यागुते प्रोडक्सनको खेलकुदमा यो पहिलो सहभागिता हो ।

प्रतियोगिता चारदिनसम्म रातोपुलस्थित भेलोसिटी एरिनामा हुनेछ । १२ ओभरको हुने प्रतियोगितामा ८ स्कुलले सहभागिता जनाएका छन् । प्रतियोगितामा १६ वर्षभन्दा मुनिका तथा अहिले १० कक्षामा अध्ययनरत खेलाडीहरुले मात्र खेल्न पाउने छ । सहभागी स्कुललाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा उज्जवल शिशु निकेतन एकेडेमी, नितेन मेमोरियल हायर सेकेन्डरी स्कुल, प्रिमियर इन्टरनेशनल आइवी/पिवाइपी वर्ल्ड स्कुल र विद्या संस्कार स्कुल रहेका छन् । यस्तै समूह ‘बी’ मा डिएभी स्कुल, एपिआई स्कुल, ग्रीन लज एकेडेमी र मेरिडियन इन्टरनेशनल स्कुल रहेका छन् । हरेक समुहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल भने १६ ओभरको हुने भ्यागुते प्रोडक्सनको अध्यक्ष समिर रत्न बज्रचार्यले जानकारी गराए ।

माइक्रोम्याक्सले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै म्यान अफ दि सिरिज, बेष्ट ब्याट्सम्यान र बलरले आकर्षक उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो खेलमा उज्जव शिशु निकेतन एकेडेमीले प्रिमियर इन्टरनेशनल वर्ल्ड स्कुलको सामना गर्नेछ ।

Latest News

To Top