इन्डियन प्रिमियर लिग, मुम्बइले दिल्लीलाई एक सय ४६ रनले हरायो

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा मुम्बइ इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई एक सय ४६ रनको भारी अन्तरले हराएको छ । जितसंगै मुम्बई प्लेअफमा सहज रुपमा पुगेको छ ।

दिल्ली स्थित फिरोजशाह कोटला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बइले २० ओभरमा तीन विकेट गुमाउदै दुई सय १२ रन बनाएको थियो । उसका लागि लेन्डी सिमोन्सले ६६ तथा कायरन पोलार्डले ६३ रन बनाए । यस्तै हार्दिक पाण्डेले २९ र पार्थिभ पटेलले २५ रन थपे ।

जवाफमा दुई सय १३ रनको भारी लक्ष्य पक्ष्याएको दिल्ली १३ ओभर चार बलमा मात्र ६६ रनमा अलआउट भयो । ४० रन बनाउदा ६ विकेट खेर फालेको दिल्लीका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा करुन नायरले २१ र कोरे एन्डरसन र प्याट कुमिन्सले समान १०–१० रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । दिल्लीलाई कम स्कोरमा रोक्न हरभजन सिंह र कर्ण शर्माले तीन तीन विकेट लिए । हारपछि दिल्लीको प्लेअफमा पुग्ने सम्मावना झिनो बनेको छ ।

Comments:

comments

About the author

News Staff

Latest News