महत्वपुर्ण खेलमा पञ्जावको पारी धोष्त

इन्डियन प्रिमियर लिगको प्लेअफमा पुग्ने जित्न पर्ने खेलका रुपमा रहेको राइजिङ पुणे विरुद्धको खेलमा पञ्जामा मात्र ७३ रनमा अलआउट हुन पुग्यो । जारी सिजनमा दोस्रो न्युन स्कोर बनाउने क्रममा पञ्जाका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

पुणेको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाव १५ ओभर पाच बलमा मात्र ७३ रनमा समेटियो । उसका लागि अस्कर पटेलले सर्वाधिक २२ रन बनाउदा रिद्धमान शाहले १३ रन जोडे । टिमको खाता खोल्न नपाउदै विकेट गुमाएको पञ्जावले ३२ रन हुदा पाच विकेट खेर फालेको थियो । त्यसपछि पनि उसको विकेट झर्नेक्रम रोकिएन । जसका कारण मात्र ७३ रनमा अलआउट भयो । उसको पारीलाई धोष्त पार्न सरदुल ठाकुरले तीन विकेट लिए । यसअघि बैङलोर कोलकाता विरुद्ध ४९ रनमा अलआउट भएको थियो ।

Comments:

comments