International News

इन्डियन प्रिमियर लिगको उपाधिका लागि मुम्बई र पुणे विच प्रतिस्पर्धा हुदै

इन्डियन प्रिमियर लिगको उपाधिका लागि आज मुम्बई इन्डियन्स र राइजिङ पुणे सुपर जाइन्ट विच प्रतिस्पर्धा हुदैछ ।

हैदरावाद स्थित इन्डिरा गान्धी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साझ सवा आठ बजेबाट सुरु हुनेछ । यो सिजनको आइपिएलमा मुम्बइ र पुणे चौथो पटक आमनेसामने हुन लागेका हुन । लिग चरणमा र प्लेअफमा यी दुई टिम खेल्दा सबै खेलमा राइजिङ पुणे विजयी भएको थियो । यी दुई टिम विच भएका पाच खेलमा मुम्बइले एक खेल जितेको छ भने चार खेल पुणेको पक्षमा गएको छ ।

पछिल्ला तीन खेलमा पुणेले मुम्बइलाई जम्मा २३ छक्का र ३५ चौका मात्र हिर्काउन दिएको छ । अरु टिमको तुलनामा मुम्बइको यो कम आकाडा हो । पुणेको मुख्य हतियार ब्याटिङका साथै मिडिल ओभरको बलिङ हो । मिडिल ओभरमा पुणेले धरै ४१ विकेट लिएको छ । पुणेका विकेटकिपर महेन्द्रसिंह धोनी सातौ पटक आइपिएलको फाइनल खेल्दैछन । आजको खेलमा मुम्बइलाई लिग चरण र प्लेअफमा ब्यहोरेको हारको बदला लिने मौका हुनेछ ।

Most Popular

To Top