International News

इन्डियन प्रिमियर लिग, दिल्ली डेयर डेभिल्स सात विकेटले विजयी, गुजरात लिगबाट बाहिर

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको रोमान्चक खेलमा दिल्ली डेयर डेभिल्सले गुजरात लायन्सलाइ सात विकेटले पराजित गरेको छ । हार संगै गुजरात लिगबाट बाहिरिएको छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै दुइ सय आठ रनको विशाल योगफल बनँएको थियो । दश रन हुदा दुइ विकेट गुमँएको गुजरातको पारी कप्तान सुरेश रैना र दिनेश कार्तिकले सम्हालेका थिए । यी दुइले तेस्रो विकेटका लागि एक सय ३३ रनको साझेदारी गरेपछि गुजरातले ठुलो स्कोर खडा गरेको थियो । रैनाले ७७ र दिनेश कार्तिकले ६५ रन जोडेका थिए । आरोन फिन्चले २७ रन बनाएका थिए । ओपनरद्धय डवेन स्मिथ नौ र ब्रेन्डन म्याकुलम एक रनमा आउट भएका थिए । दिल्लीका केसिगसो अवाडाले दुइ विकेट लिए ।

दुइ सय नौ रनको लक्ष्य दिल्लीले सहज रुपमा १७ ओभर तीन बलमा मात्र तीन विकेट गुमँएर पुरा ग¥यो । दिल्लीको जीतमा रिसव पन्तले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा ९७ रनको योगदान दिए । उनले ६ छक्का र नौ चौका हिर्काएका थिए । संजु सामसनले ६१ रन बनाए । दिल्लीको जीतपछि भारतीय पुर्व क्रिकेटर सचिन तेन्डुलकरले टिव्टर मार्फत रिसव पन्तको ब्याटिङ सिजनको अहिले सम्मकै उत्कृष्ट भएको भन्दै तारिफ गरेका छन । एघार खेल खेल्दै जम्मा ६ अंक जोडेको गुजरात तालिकाको सातौ स्थानमा रहदै बाहिरिएको छ भने दिल्लीको संभावना कायमै छ । दिल्ली दश खेलबाट आठ अंकका साता छैटौ स्थानमा छ ।

Latest News

To Top