International News

इन्डियन प्रिमियर लिग, दिल्लीले गुजरातलाइ दुइ विकेटले पराजित

इन्डियन प्रिमियर लिगमा दिल्ली डेयर डेभिल्सले गुजरात लायन्सलाइ दुइ विकेटले पराजित गरेको छ ।

कानपुर स्थित ग्रिन पार्कमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा पांच विकेट गुमाउदै एक सय ९५ रन बनाएको थियो । उसका लागि आरोन फिन्चले ६९ , दिनेश कार्तिकले ४० र इशन किसानले ३४ रन बनाएका थिए । जवाफमा एक सय ९६ रनको लक्ष्य दिल्लीले १९ ओभर चार बलमा आठ विकेट गुमाउदै पुरा गरयो ।

दिल्लीका लागि श्रेयस ऐरले ९६ रनको शानदार पारी खेले । उनले ५७ बल खेल्दै १५ चौका र दुइ छक्का हिर्काएका थिए । करुण नैरले रनको ३० रनको योगदान दिए । बलिङ तर्फ जेम्स फौकनरले दुइ विकेट लिए । प्ले अफ बाट बाहिरसकेका कारण दिल्लीलाइ यो जीत्ले कुनै अर्थ राखेन् । आइपिएलमा आज मुम्बइ इनिडयन्स र किंस इलाभेन पंजाव बीच खेल हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News