इन्डियन प्रिमियर लिग, कोलकात्ताको लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा राइजिङ पुणे सुपर जाइन्टले कोलकात्ता नाइट राइडर्सलाइ चार विकेटले पराजित गरेको छ । कोलकात्ताको जारी आइपिएलमा यो लगातार दोस्रो हार हो ।

घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ५५ रन बनाएको थियो । उसका लागि मनिष पाण्डेले ३७, कोलिन डि ग्रान्डहोमले ३६ रनको बनाउदा सुर्य कुमार यादव ३० रनमा अविजीत रहे । कप्तान गौतम गंभिरले २४ रन बनाएका थिए । बलिङ तर्फ जयदेव उनादकट र वासिङटन सुन्दरले दुइ दुइ विकट लिए ।

जवाफमा एक सय ५६ रनको लक्ष्य पुणेले १९ ओभर दुइ बलमा ६ विकेट गुमाउदै पुरा ग¥यो । पुणेको सहज जीतमा राहुल त्रिपाठीले विस्फोटक ब्याटिङ गर्दै ९३ रनको पारी खेले । ५२ बल खेलेका त्रिपाठीले नौ चौका र सात छक्का हिर्काएका थिए । कोलकत्ताका क्रिस वोक्सले तीन विकेट लिएपनि टिमको जीतका लागि पर्याप्त रहेन् । पुणेको यो लगातार तेस्रो जीत हो ।

जीतसंगै पुणे एघार खेलबाट १४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ता समान १४ अंकभएपनि पुणे भन्दा रन रेटमा अघि रहदै दोस्रो स्थानमा छ । आइपिएलमा आज दिल्ली डेयर डेभिल्स र गुजरात लायन्स बीच खेल हुदैछ ।

Comments:

comments

About the author

News Staff

Latest News