International News

इन्डियन प्रिमियर लिग, कोलकाता हैदरावादसंग ४८ रनले पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शिर्ष स्थानमा रहेको कोलकाता नाइटराइडर्स सनराइजर्स हैदरावादसंग ४८ रनले पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा तीन विकेट गुमाउदै दुई सय नौ रन बनायो । उसका लागि कप्तान डेविड वार्नरले सतकिए पारी खेले । जारी आइपिएलमा सतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका वार्नरले ५९ बलमा १० चौका र आठ छक्काको मद्दतले एक सय २६ रन बनाए । यस्तै केन विलियम्सनले ४० तथा शिखर धवनले २९ रन बनाए ।

जवाफमा कोलकाता २० ओभरमा सात विकेट गुमाउदा एक सय ६१ रन बनायो । उसका लागि रविन उथप्पाले ५३ तथा मनिश पाण्डेले ३९ रन बनाए । तर बाकि खेलाडीले खासै राम्रो प्रदर्शन गर्न नसक्दा कोलकाताले जारी प्रतियोगितामा तेस्रो हार ब्यहोरयो । हारपछि पनि कोलकाता लिगको शिर्ष स्थानमा एथावत रहेको छ । १० खेलबाट उसको १४ अंक छ भने एक खेल कम खेलेको मुम्बइको पनि समान १४ अंक नै छ । तर रनरेटका आधारमा कोलकाता शिर्ष स्थानमा कायमै छ । जितपछि हैदरावादले १३ अंक बनाएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News