International News

इन्डियन प्रिमियर लिग, अमलाको सतक खेर, गुजराज ६ विकेटले विजयी

इन्डियन प्रिमियर लिगमा किंस इलाभेन पंजावले गुजरात लायन्स संग ६ विकेटको हार बेहोरेको छ । पराजय संगै पंजावको प्ले अफ यात्रा कठिन बनेको छ ।

घरेलु मैदान मोहालीमा टस हारेर ब्याटिङ गरेको पंजावले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै एक सय ८९ रन बनाएको थियो । ओपनर मार्टिन गप्टिललाइ दुइ रनमा गुमाएको पंजावका लागि हासिम अम्लाले शतकिय पारी खेले । उनले ६० बलमा एक सय ६० रन जोड्दा ६ चौका हिर्काएका थिए । शन मार्सले ५८ र ग्लेन म्याक्सवेलले अविजीत २० रन बनाएका थिए ।

तर जवाफमा गुजरातले एक सय ९० रनको लक्ष्य १९ ओभर चार बलमा चार विकेट गुमाउदै पुरा गरेपछि अम्लाको शतक खेर गयो । गुजरातलाइ हसज तीन दिलाउने क्रममा ड्वेन स्मिथले ७४ र सुरेश रैनाले ३९ रनको योगदान दिए । दिनेश कार्तिक ३५ रनमा अविजीत रहे । बलिङ तर्फ संदिप शर्माले दुइ विकेट लिएका थिए । जीतपछि गुजरातलाइ भने कुनै फाइदा भएन् । गुजरात यसअघिनै प्रतियोगिता बाट बाहिरि सकेको छ ।

पंजावका लागि भने गुजरात संगको हार महंगो सवित हुन सक्छ । पंजाव एघार खेल बाट १० अंक जोड्दै तालिकाको पांचौ स्थानमा छ । यसअघि भएको खेलमा कोलकत्ता नाइट राइडर्सले रायल च्यालेन्जर्स बैङलोरलाइ ६ विकेटले पराजित गरेको थियो ।

Most Popular

To Top