इन्डियन प्रिमियर लिग, पुणेले गुजरातलाइ पांच विकेटले हरायो

बेन स्टोकले शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिगमा राइजिङ पुणे सुपर जाइन्टसले गुजरात लायन्सलाइ पांच विकेटले पराजित गरेको छ ।

पुणेको घरेलु मैदानमा गएराती भएको खेलमा टस हारेर ब्याटिङ गरेको गुजरातले १९ ओभर पांच बलमा अल आउट हुदै एक सय ६१ रन बनाएको थियो । गुजरातका लागि ब्रेन्डम म्याकुलमले सर्वाधिक ४५, इशान किसनले ३१ र दिनेश कार्तिकले २९ रन बनाएका थिए । रविन्द्र जडेजाले १९ र आरोन फिन्चले १४ रन जोडे । पुणेका जयदेव उनादकत र इमरान ताहिरले तीन तीन विकेट लिए । जवाफमा एक सय ६२ रनको लक्ष्ये पुणेले १९ ओभर पांच बलमा पांच विकेट गुमाउदै पुरा गरयो ।

पुणेको सुरुवात भने राम्रो हुन सकेन् । उसले एक ओभर तीन बलमा टिमको स्कोर दश रन हुदा आफ्ना महत्वपुर्ण तीन विकेट गुमँएको थियो । अजिंक्य रहाने चार, राहुल त्रिपाठी ६ र स्टेभन स्म्थि चार रनमा पवेलियन फर्किएपछि पुणेको पारी दवावमा आएको थियो । त्यसपछि त्रmिजमा आएका स्टोकले विस्फोटक ब्याटिङ गर्दै पुणेलाइ जीत दिलाए । स्टोकले ६३ बल खेल्दै अविजीत एक सय तीन रनको योगदान दिए ।

उनले ६ छक्का र सात चौका हिर्काएका थिए । इङल्यान्डका अल राउन्डर स्टोकको ट्वान्टी ट्वान्टी क्रिकेटको यो पहिलो शतक हो । महेन्द्र सिंह धोनीले २६ रनको योगदान दिए । गुजरातका प्रदिप सांगवान र बासिल थाम्पीले दुइ दुइ विकेट लिएपनि स्टोकलाइ रोक्न नसक्दा गुजरातले हार बेहो¥यो । पुणे दश खेलबाट १२ अंक जाड्दै तालिकाको चौथो स्थानमा छ । ६ अंक बटुलेको गुजरात छैटौ स्थानमा रहेको छ ।

Comments:

comments

About the author

News Staff

Latest News