International News

हैदरावादलाई हराउदै कोलकाता इन्डियन प्रिमियर लिगको क्वालिफायर्समा

सनराइजर्स हैदरावादलाई हराउदै कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिगको क्वालिफायर्समा प्रवेश गरेको छ । कोलकाताले हैदरावादलाई डकवर्थ एण्ड लुइस नियमको आधारमा सात विकेटले पाखा लगायो ।

बैङलोर स्थित चिन्नस्वामी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा सात विकेट गुमाउदै एक सय २८ रन बनायो । उसका लागि कप्तान डेविड वार्नरले ३७ तथा केन विलियम्सनले २४ र विजय शंकरले २२ रन बनाए । यस्तै नवन ओझाले १६ र शिखर धवनले ११ रनको योगदान दिए । बलिङतर्फ नाथन कट्लर नीलले तीन तथा उमेश यादवले दुई विकेट लिए ।

तर कोलकाताले पारी सुरु गर्नुअघि करीव दुई घण्टा भारी बर्षा भएपछि खेल रोकिन पुगेको थियो । जसका कारण कोलकाताले ६ ओभरमा मात्र ४८ रनको लक्ष्य पाएको थियो । जसमा कोलकाताले चार बल बाकि हुदा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसको जितमा कप्तान गौतम गम्भिरले अविजीत ३२ रन बनाए । अब फाइनल प्रवेशका लागि कोलकाताले मुम्बइ इन्डियन्ससंग खेल्नेछ ।

Most Popular

To Top