बंगलादेश न्युजिल्याण्डलाई पाच विकेटले हराउन सफल

आयरल्याण्ड र न्युजिल्याण्ड सम्मिलित त्रिकोणात्मक क्रिकेट श्रृखलामा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । आयरल्याण्डको डब्लिनमा गएराति भएको खेलमा बंगलादेशले न्युजिल्याण्डलाई पाच विकेटले हराउन सफल भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय ७० रन बनाएको थियो । उसका लागि कप्तान टोम लाथमले ८४ तथा नील ब्रुमले ६३ र रोस टेलरले ६० रनको योगदान गरे । दुई सय २४ रन हुदा पाच विकेट गुमाएको न्युजिल्याण्डले त्यसपछि थप ३४ रन जोडदा अरु तीन विकेट खेर फालेको थियो । बलिङ तर्फ बंगलादेशका लागि मुस्ताफा मुर्तजा, नासिर हुसेन र सकिव अल हसनले दुई दुई विकेट लिए ।

जवाफमा बंगलादेशले ४८ ओभर दुई बलमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका जितमा तमिम इक्वाल र सबिर रहमानले समान ६५–६५ रन बनाए । यस्तै मुस्फिकुर रहिमले ४५ तथा मोहमुदुल्लाहले ४६ रन थपे ।

Comments:

comments

Latest News