क्लव क्रिकेट प्रतियोगिताका लागि पारस अमेरीकामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का क्रिकेट प्रतियोगिता खेल्न अमेरीका पुगेका छन । डालासमा हुने क्लव क्रिकेट प्रतियोगिताका लागि पारस अमेरीका पुगेका हुन ।

डालास क्रिकेट संघले आयोजनामा लागेको क्रिकेट प्रतियोगिताका लागि पारस पाच दिन अगाडी अमेरीका पुगेका हुन । उनले अमेरीकामा स्थानिय क्लवबाट प्रतिनिधित्व गरेर प्रतियोगिता खेल्नेछन । यसअघि पनि पारस डालासमा नै भएको टु टेन क्रिकेटमा नेपाली राइनोजको कप्तानी गर्दै प्रतियोगिता खेलेका थिए । जसमा नेपाली क्लवले उपाधि जितेको थियो । त्यसपछि पारसले अमेरीकामा नै अर्को प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले खेलेको क्लव सेमिफाइनलबाट बाहिरीएको थियो । डालास क्रिकेटको निम्तोमा पारस अमेरीका पुगेको बुझिएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News