प्रधानमन्त्री कप क्रिकेट, पारस खडकाले नखेल्ने, शरद भेषवाकरले मध्यमाञ्चलबाट खेल्ने

नेपालकै ठुलो पुरस्कार राशिको क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खडकाले नखेल्ने भएको छन ।

अमेरीकाको डालासमा हुने क्रिकेट प्रतियोगिताका लागि हाल उतै रहेका पारसले घरेलु प्रतियोगिता नखेल्ने भएका हुन । मंगलबार देखि सुरु हुने प्रतियोगितामा पाच विकाश क्षेत्र सहित तीन विभागिए टिमको सहभागिता रहनेछन । पारस प्रतियोगिता अवधीभर अमेरीकामा रहने भएकाले सशस्त्रको कप्तान सम्भवत ज्ञानेन्द्र मल्लले गर्न सक्नेछन । मे को अन्तिममा डालासमा हुने प्रतियोगिताको प्रमुख अथितीका रुपमा पारस अमेरीका गएका हुन । यता मिस्टर फिनिसरको उपनाम पाउका शरद भेषवाकरले पनि मध्यमाञ्चलबाट खेल्ने भएका छन । यस प्रतियोगिताको विजेताले २० लाख रुपैया र उपविजेताले १० लाख रुपैया पाउनेछन ।

एक करोड रुपैयाँ हाराहारीको बजेटमा चल्ने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले एक लाख तथा बेस्ट ब्याटसम्यान र बलरले ५०–५० हजार रुपैयाँ पाउने छन् । यस्तै इमर्जिङ प्लेयरले २५ र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले पाँच हजार पाउने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर सुरुमा लिग चरणका खेल हुनेछन् । समूहका शीर्ष दुई स्थान हातपार्ने टिमले सेमिफाइनल यात्रा गर्नेछ । लिग चरणको प्रत्येक खेल विजेताले २५ हजार रुपैयाँ पनि पाउने छ ।

प्रतियोगिताका सहभागीमा पाँच विकास क्षेत्रसहित तीन विभागीय टिम हुनेछन् । यो आईसीसी वल्र्ड क्रिकेट लिगअन्तर्गत हङकङविरुद्ध हुने खेलका लागि छनोट चरणको रूपमा पनि रहनेछ ।

Comments:

comments

Latest News