In Focus Outside Nepal

नेपालको बेलडाँगीदेखि अष्ट्रेलियामा क्रिकेटर र डक्टरको सपना बोकेको भुटानी शरणार्थीको कहानी

अष्ट्रेलियामा एशियन मुलका ब्यक्तिलाई सुरुवातमा आफुलाई स्थापित गर्न निकै कठिन हुनेगरेको धरै उदाहरण सुनिएका छन । तर आज हामी एउटा यस्तो ब्यक्तिका बारेमा लेख्दै छौ जसले क्रिकेटबाट आफनो करियरलाई निकै उचाईमा पुरयाए ।

राम खनाल, न्यु साउथ वेल्समा क्रिकेटमा एउटा परिचित नाम भएको छ । एउटा भुटानी शरणार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेको २४ बर्षे केटाको कहानी सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

२४ बर्ष पहिले नेपालको पुर्वी भेगमा रहेको बेलडाँगी भुटानी शरणार्थी बस्तीमा जन्मिएका रामले सायद कहिले साचेका थिएनन । अष्ट्रेलिया पुगेर क्रिकेटमा लाग्छु भनेर । सरणार्थी बस्ती बाहेक अन्य केहि नदेखेका राम २००९ मा अष्ट्रेलियाको साउथ वेल्समा युनाईटेड नेसन्सको सहायतामा त्यहा पुगे । सो बेला उनको उमेर १६ बर्षको थियो । भुटान सरकारले शरणार्थीलाई आफनो देशमा बस्न नदिने निर्णय गरेसंगै तिनीहरुलाई यूएनले नै विश्वका विभिन्न देशमा शरणार्थीका रुपमा ब्यवस्थित गरेको थियो । सोहि क्रममा उनी आफनो परिवारसंगै अष्ट्रेलिया पुगे । तर अष्ट्रेलिया पुगेको केहि महिनासम्म उनले आफनो जन्मिएको स्थानलाई भुल्न सकेनन । किनकी सानो ठाउ त्यसमा पनि सबै नया परिवेश भाषाको समस्या लगायतका धरै विषय थिए । उनको परिवारमा उनिबाहेक अरु ५ सदस्य थिए । दुई बेडरुममा उनको परिवार विभिन्न समस्याका साथ बस्दै आएको थियो ।

जसका कारण २००७ मा एउटा रिसर्चले कुपोषणका कारण शरणार्थी क्याम्पमा रहेका भुटनिजहरु निकै विरामी परेको देखाएको थियो । सो क्याम्पमा रहेको किशोर मध्ये राम आफुलाई निकै भाग्यमानि ठान्छन । किनकी उनी स्कुलमा नौ देखी तीन बजेसम्म पढन पाउथे । तर त्यसबाहेक केहि नभएका कारण धेरै पटक उनि तनावमा पनि नपरेका होइनन । तरपनि उनले हार मानेनन र आफनो पढाईलाई निरन्तरता दिदै मुर्रे हाइस्कुलमा आफनो स्कुल जीवन विताए । त्यसपछि क्यानबेरामा रहेको नेश्नल युनिभर्सीटीमा मेडिकल साइन्स विषय पढे । हाल डक्टर बन्ने सोचका साथ त्यहि विषय पढिरहेका राम अघिल्लो बर्ष अर्थात २०१६ मा अल्बुरी सिटीको सिटीजन अफ द इयर पनि घोषित भए । यतिमात्र होइन यहि अप्रिल महिनामा उनि क्रिकेट अष्ट्रेलियाको एम्बेस्डर अफ द इयर पनि बने । जुन मेलबर्न क्रिकेट मैदानमा एक कार्यक्रमका साथ गरिएको थियो ।



क्रिकेटमा ध्यान जानु पछाडीको कहानी

रामको ध्यान क्रिकेटतिर लागेको धेरैपनि भएको छ । कुरा २०१३–१४ को हो । रामका साथी जसले उनलाई विग ब्यास लिगको हाइलाइट्स रिल पठाएका थिए । त्यसले उनको क्रिकेट प्रतिको मोहलाई बढाइदियो रे । नियमित रुपमा विगब्यास लिग हेर्न थालेको एक बर्षपछि रामको पनि क्रिकेटमा लाग्ने विचार गरे । तर त्यो त्यति सजिलो भने थिएन । तर भटानी शरणार्थीको क्याम्पमा नै रहेका उनका साथी जीवनको सहयोगमा उनले क्रिकेट खेल्ने अठोट गरे । जीवनलाई रामको भन्दा राम्रो क्रिकेट स्किल आउथ्यो । जिरो लेवलबाट सुरु गर्न रामलाई निकै कठिन भयो ।

क्रिकेट टेक्निक निकै कमजोर हुनु र त्यसमा पनि बलिङ गर्ने उनको विचार सुरुवातमा सबैको हासोको पात्र भयो । तर नियमितको प्रयासका कारण एक बर्षमा नै रामले क्रिकेटका प्राय सबै स्किल सिकिसकेका थिए । पढाईबाट समय निकालेर नियमित प्रशिक्षण गरिरहेका रामलाई पछि अचम्म लाग्यो की भारतबाट निकै नजिक र नेपालमा पनि क्रिकेटका विकाश हुदा भुटानमा किन क्रिकेटका बारेमा चासो नदिएको होला भनेर ।

कुरा २०१५ को हो । जुन बेला उनी बसेको शहरमा क्रिकेट प्रतियोगिता आयोजना भयो । जसको ब्यवस्थापन रामले गरिरहेका थिए । जुन निकै सफल भएपनि त्यती सन्तुष्ठ भने भएन । जसका कारण उनलाई लाग्यो लाज लाग्ने काम गरियो भनेर । तर त्यसपछि उनले त्यस्ता ब्यक्तिलाई खोजे जसले क्रिकेट सामाग्रि खरिदका लागि केहि रकम खर्च गर्न सकुन । त्यसमा उनी सफल पनि भए ।

खरानीबाट विग ब्यास लिगसम्म

भुटानको माटोमा जन्मिएको ब्यक्ति अष्ट्रेलियाको विग ब्याससम्म पुग्न रामलाई त्यति समय लागेन । भुटानी शरणार्थी टिमले अष्ट्रेलियाको विभिन्न क्लवसंग क्रिकेट खेलेर चर्चा कमाउदै गए । क्रिकेटको माया रामलाई निकै बढदै गयो र क्रिकेटमा नै अर्को भविष्य देख्न थाले । नियमित मेहेनतका कारण राम निकै राम्रा बलर भएर निस्किय । उनको क्षमतालाई उनका साथीले मात्र होइन अष्ट्रेलियन क्रिकेट प्रशिक्ष्ँकले पनि देखे । जसका कारण उनि आजकाल पढाईका साथै नर्थ आल्बुरीबाट नियमित क्रिकेट खेलिरहेका छन । उनको यो स्टोरी क्रिकेट भन्दा निकै माथि रहेको छ । त्यसैले पनि उनिमा यति आत्मविश्वास जागेको छ की केहि उनको समुदायमा धरै नर्स इन्जिनियर भएपनि केहि डक्टर पनि उत्पादन हुदैछन । यतिमात्र होइन कुनैदिन अष्ट्रेलियन क्रिकेटमा राम भन्ने ब्यक्ति नदेखिएला भन्न सकिन्न ।

Comments:

comments

About the author

News Staff

Latest News